‘ए मेरो हजुर २’को अर्को सफलता !

‘ए मेरो हजुर २’को अर्को सफलता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – झरना थापा डेब्यु सिनेमा ‘ए मेरो हजुर २’को सफलतामा यसको गीत/संगीतले अपरिहार्य भूमिका खेल्यो ।

वर्षको हिट सिने एल्बममा समावेश ‘ए मेरो हजुर २’को एउटा गीतले सफलताको माइलस्टोन युट्युबमा पार गरेको छ । ‘कसम हो कसम’ बोलको गीत युवापुस्ताले अत्याधिक रुचाए । लभ फ्लेवरमा निर्मित गीतले ७ महिना बढी दिनमा करोड भ्यु क्रस गरेको छ ।

युट्युबमा करोड भ्यु पाउने लभ फ्लेवरको गीतमा यो दोस्रो नम्बरमा पर्छ । यसअघि ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज…’ले पहिलो पटक यो सफलता हाँसिल गरेको थियो ।

कल्याण सिंहको संगीत रहेको यो गीतमा डा. कृष्णहरि बराल शब्द सिर्जना छ । गीतमा सुगम पोखरेल सुरिलो स्वर प्रदान गरेका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाँ फिचरिङ यो गीतमा रेनषा राईको कोरियोग्राफी छ ।

संजय लामाले खिचेको ‘ए मेरो हजुर २’मा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्म्बर सुवेदी, अनुराग कुँवर, अनुभव रेग्मी, विल्सन विक्रम राई, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्मित यस सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।