भारतीय भेट्रान अभिनेत्री सुस्मिता सन्यालको निधन !

भारतीय भेट्रान अभिनेत्री सुस्मिता सन्यालको निधन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड भेट्रान अभिनेत्री सुस्मिता सन्यालको ७१ वर्षको उमेरमा निधन भएको छ । सुस्मिताले अमिताभ बच्चन र राजेश खन्नासँगै अभिनय गरेको बलिउड सिनेमा ‘आनन्द’बाट चर्चामा आएकी थिइन् ।

बलिउडका पाँच सिनेमामा अभिनय गरेकी सुस्मिताले ३० बढी बंगाली सिनेमामा अभिनय गरेकी छन् । कम सिनेमा खेले पनि उनलाई अनुभवी अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ । भारतको दार्जिलिङमा जन्मिएकी सुस्मिताले सन् १९६८ मा संजीव कुमारको सिनेमा ‘आशिर्वाद’बाट बलिउड डेब्यु गरेकी थिइन् । त्यसयता १९७१ ‘आनन्द’, १९७१ ‘गुड्डी’, १९७१ ‘मेरे अपने’ र १९९६ मा ‘द पीकक् स्प्रिङ’ जस्ता बलिउड सिनेमामा अभिनय गरेकी थिइन् ।