बलिउड अभिनेत्री रिमा लागूको ५९ बर्षको उमेरमा निधन !

बलिउड अभिनेत्री रिमा लागूको ५९ बर्षको उमेरमा निधन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री रिमा लागूको ५९ बर्षको उमेरमा निधन भएको छ । छातीमा समस्या आएर गएराती १ बजे मुम्बईस्थित अम्बानी अस्पतालमा भर्ना भएकी रिमाले ३.१५ बजे संसार छोडेको बलिउड मिडियाहरुले बताएका छन् ।

रिमाले बलिउडमा सय भन्दा बढी फिल्म र एक दर्जन बढी टिभी सिरियलमा अभिनय गरेकी छन् । ‘मेने प्यार किया’, ‘आशिकी’, ‘हाम आपके हे कौन’ र ‘वास्तव’ जस्ता फिल्मबाट रिमा फिल्म फेयर अवार्डको मनोनयनमा परेकी थिइन् । रिमाले मराठी फिल्म ‘सिंहासन’बाट आफ्नो अभिनय यात्रा तय गरेकी थिइन् । प्राय फिल्ममा अभिनेता सलमान खानकी आमाको भूमिकामा देखा पर्ने रिमा ‘राजश्री प्रोडक्सन’को पहिलो रोजाईकी अभिनेत्रीमा पर्छिन ।