असार १६ मा निशा र शरदको विवाह पक्का !

असार १६ मा निशा र शरदको विवाह पक्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । विगत चार वर्षदेखि प्रेममा रहेको अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकरको जोडी अव विवाह वन्धनमा बाँधिने भएको छ ।

स्रोतका अनुसार यो जोडीले यहिँ असार १६ गते लगनगाँठो कस्ने छ । राजधानीमै १८ गते सम्पन्न हुने लगनगाँठो समारोहमा पारिवारिक पक्षको मात्र उपस्थिति रहनेछ । त्यस्तै १८ गते रिसेप्सन पार्टी गरेर आफन्त, क्रिकेटर र सिनेकर्मीलाई निम्त्याइने छ ।

कुनै समयमा यो जोडीको ब्रेकअपका हल्लाहरु मिडियामा आए पनि यो जोडीले लुकीछिपी डेट गरिरहेको थियो ।

क्रिकेट र सिनेमा क्षेत्रमा शरद र निशा चर्चित नाम हो । विश्वकै सर्वोच्च शिखर सागरमाथाको सफल आरोहण गरेकी निशाले पछिल्लो पटक सिनेमा निर्माणमा पनि हात हालेकी छन् । निशाले निर्माण गरेको ‘झ्यानाकुटी’ भदौ ८ मा रिलिज हुनेछ ।

त्यस्तै २०१३मा सम्पन्न टि-ट्वान्टी विश्वकप छनोटका निर्णायक खेलहरुमा उत्कृष्ट ब्याटिंग गरेर चर्चामा आएका शरद नेपाली क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान हुन् । शरद  पछिल्लो समय वर्ल्ड क्रिकेट लिग डिभिजन १ का खेलहरुमा व्यस्त छन् ।

विवाह कार्ड