सवारी दुर्घटनामा अभिनेत्री विनाको मृत्यु !

सवारी दुर्घटनामा अभिनेत्री विनाको मृत्यु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सवारी दुर्घटनामा परि अभिनेत्री विना थापाले ज्यान गुमाएकी छन् । बुधबार बत्तीसपुतलीस्थित बा ५५ प १३८७ नम्बरको उनको स्कुटरलाई बा २ ख ८९४ नम्बरको ट्यांकरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी विनाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । अहिले ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुल्मी घर भएर राजधानीमा कलाकारिता क्षेत्रमा लागेकी विना थ्रियटरकी कलाकार हुन् ।

‘डिभोर्स’ र ‘उर्वसी’ सिनेमामा अभिनय गरिसकेकी विनाले माघ ४ मा प्रदर्शन हुने ‘पिंजडा ब्याक अगेन’मा पनि अभिनय गरेकी छन् । विनाको निधनप्रति हार्दिक श्रद्धाञ्जली !