तामिल अभिनेता प्रदीपकुमारद्वारा आत्महत्या

तामिल अभिनेता प्रदीपकुमारद्वारा आत्महत्या

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । तामिल टिभी सिरियलका अभिनेता प्रदीपकुमारले आत्महत्या गरेका छन् । बुधबार राति हैदरावादस्थित आफ्नै अपार्टमेन्टमा प्रदीपले पंखामा झुण्डीएर आत्महत्या गरेका हुन् ।

आज बिहान उनकी पत्नी र साथीले कोठामा झुण्डीरहेको अवस्थामा फेला पारेका थिए । तुरुन्तै अस्पताल पुर्याए पनि प्रदीपलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रदीपलाई तामिल सिरियलका लोकप्रिय अभिनेताको रुपमा चिनिन्छ । ‘सप्ताह मात्रिका’ र ‘अरुगुरु पतिवरतालु’ जस्ता सिरियलमा अभिनय गरेका छन् ।

आत्महत्याको कारण नखुलेपनि उनले केहि ऋणका कारण आत्महत्या गर्न सकेको अड्कल काटिएको छ ।