आयुषमानका लगातार दुई हिट !

आयुषमानका लगातार दुई हिट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २०१२ मा सिनेमा ‘भिक्की डोनर’बाट बलिउडमा अभिनय यात्रा सुरु गरेका आयुषमान खुरानाको करियर औसत चलिरहेको छ । उतारचढाव पूर्ण करियरमा आयुषमानले ४ हिट र ४ फ्लप सिनेमा दिएका छन् ।

यस अन्तर्गत यहिँ एक महिनाको अन्तरालमा आयुष्मानका दुई सिनेमा हिट भएका छन् । ४ साता अगाडी रिलिज भएको ‘बरेली की बर्फी’ले बक्सअफिसमा आफुलाई हिट तुल्यायो । केहि हलमा राम्रो कलेक्सनका साथ प्रदर्शन भैरहेको सिनेमाले ३० करोड बढी कमाईसकेको छ । यो सिनेमा जम्मा २० करोडको बजेटमा निर्माण भएको हो ।

त्यस्तै यसै साता रिलिज भएको ‘शुभ मंगल सावधान’ले पहिलो सातामै लगानी उठाउने छनक देखाएको छ । क्रिटिक्सबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले अजय देवगणको ‘बादशाहो’सँग प्रतिस्पर्धा गरिरहेको छ । २३ करोडको बजेटमा निर्मित सिनेमाले ४ दिनमा १७ करोडको व्यापार गरिसकेको छ ।

जे होस् बलिउडमा स्टार अभिनेताका सिनेमाले खास्सै राम्रो व्यापार गर्न नसकिरहेका बेला अक्षय कुमार र आयुषमान जस्ता अभिनेताका सिनेमाले बलिउडको ईज्जत बचाईरहेका छन् ।