आमिरको आगामी सिनेमा: भारतका प्रथम अन्तरिक्ष यात्री राकेश शर्माको जीवनी !

आमिरको आगामी सिनेमा: भारतका प्रथम अन्तरिक्ष यात्री राकेश शर्माको जीवनी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता आमिर खान अभिनित सिनेमा ‘दंगल’ अहिले चिनमा प्रदर्शन भैरहेको छ । भारतीय सिनेमाको इतिहासमा विश्वव्यापी सर्वाधिक कलेक्सन गर्न सफल यो सिनेमालाई दर्शकले पनि औधी रुचाए ।

भारतीय रेस्लर महावीर सिंह फोगाटको जीवनीमा आधारित ‘दंगल’ आमिरले निर्माण गरेको पहिलो बायोपिक हो । यो सिनेमाको अपल्पनिय सफलता पछी आमिरको आगामी सिनेमा पनि बायोपिक नै हुने भएको छ ।

आमिर अब ‘दंगल’ निर्माता सिद्दार्थ रोय कपूर र रोनी स्क्रेवालासंग मिलेर भारतका पहिलो अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा सिनेमा निर्माण गर्दै छन् । यी तिनले निर्माण गर्ने सिनेमाको नाम ‘स्येल्युट’ राखिएको छ । सिनेमाको लागी मुख्य कलाकार फाईनल भैसकेका छैनन् ।

आमिर खानले यसअघी यी दुई निर्मातासंग रंग दे बसन्ती, देल्ही बेल्ली, पिके र दंगलमा काम गरिसकेका छन् । आमिर अहिले विजयकृष्ण आचार्यको सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’मा व्यस्त छन् । जुन सिनेमामा कट्रिना कैफ, अमिताभ बच्चन र फातिमा साना शेइखको मुख्य भूमिका छ ।