चिनमा आमिरको अर्को धमाका, डेब्यु गर्दै सलमान !

चिनमा आमिरको अर्को धमाका, डेब्यु गर्दै सलमान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमाहरुले चाईनिज बक्सअफिसलाई प्रथामिकतामा राख्न थालेका छन् । आमिर खानले ‘थ्री ईडीएट्स’बाट चिनमा सिनेमा रिलिज थालेका थिए ।

‘थ्री ईडीएट्स’, ‘पिके’, ‘दंगल’को सफलता पछी आमिरले चाईनिज बक्सअफिसमा ‘सेक्रेट सुपरस्टार’ रिलिज सुरु गरिसकेका छन् । आमिरको सहायक भूमिका रहेको सिनेमाले चाईनिज बक्सअफिसमा पुन: हंगामा मच्चाएको छ । रिलिजको तिन दिनसम्म यसको कलेक्सन १ सय ७५ करोड पुगेको छ । भारतीय बक्सअफिसमा लाइफटाइम ६२ करोड मात्र कमाई गरेको सिनेमाले विश्वव्यापी कलेक्सनमा छलाङ लगाउने सङ्केत देखाएको छ ।

यसअघि आमिरको ‘दंगल’ले चिनमा मात्र १२ सय करोड माथीको कलेक्सन गरेको थियो ।

सलमानको डेब्यु ‘बजरंगी भाईजान’बाट:

आमिरका सिनेमा चाईनिज बक्सअफिसमा लगातार हिट बने पछी उक्त बजारमा सलमान खानले पनि सिनेमा प्रदर्शन गर्ने भएका छन् । चिनमा सलमानको ‘बजरंगी भाईजान’ पहिलो रिलिज हुने भएको छ । ८ हजार बढी स्क्रिनमा रिलिज हुने गरि सिनेमाको चाईनिज पोस्टर पनि सार्वजनिक गरिएको छ । ‘बजरंगी भाईजान’को चाईनिज रिलिज डेट मार्च २ तोकिएको छ ।

सलमानका पछिल्ला वर्ष रिलिज भएका सिनेमा मध्ये ‘बजरंगी भाईजान’लाई दर्शकले अत्याधिक रुचाएका थिए । यसले भारतीय बक्सअफिसमा ३ सय २० करोड नेट र विश्वव्यापी ६ सय २६ करोड ग्रस कलेक्सन गरेको छ ।