‘आमैले भन्थ्ये’को रिमेक !

‘आमैले भन्थ्ये’को रिमेक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘झमक बहादुर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘आमैले भन्थे…’ बोलको गीत भुवन केसी अभिनित ‘साइनो’ सिनेमाको रिमेक हो । क्लब डेजाभुमा छायाँकन गरिएको गीतमा अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् ।

रंजित गजमेर र ओम सुनारको संगीत रहेको गीतमा कुसुम गजमेर, तिर्थ दमाली (टुप्पी) र भोमन कटुवालको शब्द सिर्जना छ । ओम सुनारकै रिमिक्स रहेको गीतमा मेलिना राई, कविता श्रेष्ठ, मिस्टर आरजे, नगेन्द्र राई र सुनारकै स्वर छ ।

भोमन कटुवाल निर्देशित सिनेमाले जेठ ११ गते प्रदर्शन मिति तय गरेको छ । मिनकुमार तामाङले निर्माण गरेको सिनेमामा अनुपविक्रमका अलावा यादव देवकोटा (सरापे), राजु कमेडी, सुजाता थापा, मिनकुमार तामाङ, नेयोना गुरुङ, रञ्जन महर्जन, कल्याण अधिकारी लगायतका कलाकारको अभिनय छ ।