के छ ऋचा र अर्पणको ‘आधा लभ’मा ?

के छ ऋचा र अर्पणको ‘आधा लभ’मा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यसै साता देखि प्रदर्शनमा आउँन लागेको सिनेमा ‘आधा लभ’को प्रिमिएर सम्पन्न भएको छ । ऋचा फिल्मसको व्यानरमा निर्मित सिनेमालाई हेर्न अभिनेत्री करिश्मा मानन्धर, रिमा विश्वकर्मा, स्वेता खड्का, गौरी मल्ल, ऋचा शर्मा लगायत उपस्थित भए ।

त्यस्तै अभिनेता खगेन्द्र लामिछाने, टिका पहारी, निर्देशक प्रदिप भट्टराई, निलु डोल्मा शेर्पा, निर्माता रविन्द्रसिंह बानियाँ र माधव वाग्ले लगायतका सिनेकर्मीको उपस्थिति रह्यो । सिनेमा हेरिसके पछी निर्देशक अर्पण थापा र निर्मात्री ऋचा शर्माले दर्शकबाट प्रतिक्रिया लिए । सिनेमा हेरेका सबैले ‘आधा लभ’मा उठान गरिएको विषयबस्तु रुचाएको प्रतिक्रिया दिए । साथै नव-अभिनेत्री रोजिशा शाहीले गरेको अभिनयको पनि तारिफ गरियो ।

सिनेमाले शहरी परिवेशमा हुने अनेक थरिका प्रेम सम्वन्धलाई प्रस्तुत गरेको छ । ‘आधा लभ’मा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक पुरुष समलिंगी प्रेमकथालाई पनि उठान गरिएको छ । यो सिनेमामा ऋचा शर्मा, अर्पण थापा, मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतका कलाकारको अभिनय छ ।