पोखरामा गरियो ‘ए मेरो हजुर ३’को शुभमुर्हत

पोखरामा गरियो ‘ए मेरो हजुर ३’को शुभमुर्हत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’को शनिबार पोखरामा शुभ मुर्हत गरिएको छ । दिउँसो ३ बजेको शुभ साइतमा पोखराको बिन्दावासिनी मन्दिरमा सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र अभिनेत्री थापाकी छोरी सुहाना थापाको उपस्थीतीमा शुभमुर्हत गरिएको हो ।अनमोल र सुहाना दुवैले मुर्हत सट पनि दिएका थिए । निर्माता सुनिल कुमार थापाको निर्माणमा बन्ने सिनेमाको छायांकन भने केहि हप्ता पछि मात्रै सुरु हुनेछ । सुहाना डेब्यु सिनेमालाई लिएर उत्साहित देखिएकी छन् । अनमोलले पहिलो पटक स्टार किड्ससँग काम गर्न पाउँदा खुसी लागेको बताए । ‘ए मेरो हजुर ३’को फ्लोरमा निस्कनु अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । चैत २९ गते सिनेमा रिलिज हुँदैछ ।आफ्नो छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को छायांकन सकिएका कारण अब अनमोल खाली छन् । यही बीचमा सिनेमाको सुटिङ सुरु गर्ने निर्माण टिमको तयारी छ । अबको केही दिनमा अनमोल र सुहानाले वर्कशप ज्वाइन गर्नेछन् । रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त सिनेमा सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो सिनेमाको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए ।