फस्टलुक पोस्टर रिलिज गर्दै ‘ए मेरो हजुर ३’को छायांकन सुरु !

फस्टलुक पोस्टर रिलिज गर्दै ‘ए मेरो हजुर ३’को छायांकन सुरु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’को छायांकन सुरु भएको छ । सिनेमामा सुपरटार अनमोल केसी र सुहाना थापाको जोडी बाँधिएको छ । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । यो सिनेमाको शुक्रबारदेखि औपचारिक रुपमा छायांकन सुरु गरिएको निर्देशक झरना थापाले बताइन् ।

चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको फ्लोरमा निस्किँदै गर्दा फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल र सुहाना फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोलको हातमा गितार देख्न सकिन्छ ।यो सिनेमामा अनमोल एक गायक र सुहाना एक फ्यानको भूमिकामा देखिनेछन् । सांगीतिक लभस्टोरी कथामा निर्माण हुने सिनेमामा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको सिनेमामा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व, सञ्जय लामाको छायांकन रहने छ ।