‘ए मेरो हजुर ३’को गीतमा रोमान्टिक अनमोल, बोल्ड सुहाना (फोटो फिचर)

‘ए मेरो हजुर ३’को गीतमा रोमान्टिक अनमोल, बोल्ड सुहाना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक झरना थापाको निर्देशन रहने दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’को अहिले धमाधम छायाँकन चलिरहेको छ । यही सिनेमाबाट सुपरस्टार नायक अनमोल केसीसँग जोडी बाँधेर निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले नेपाली सिनेमामा डेव्यु गर्दैछिन् । चैत्र २९ गते रिलिज हुने सिनेमाको केही दिन पहिले आयोजना गरिएको ‘कामना अवार्ड’मा समेत छायाँकन गरिएको थियो ।

‘ए मेरो हजुर ३’ निर्माण युनिटले हालै मनाङमा सिनेमाको दुई गीतको छायाँकन सकेर काठमाडौं फर्किएको थियो । मनाङको आइस लेकमा छायाँकन गरिएको गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत तथा राहुल शाहको कोरियोग्राफी रहेको छ । उक्त गीतमा सिनेमाका मुख्य दुई पात्र सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको छ ।

गीत छायांकनका केही तश्बिरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । तश्बिरमा दुईको केमेस्ट्री कमालको देखिएको छ । रोमान्टिक अनमोलसँग सुहाना निकै बोल्ड देखिएकी छन् । निर्माण टिमले सार्वजनिक गरेको तश्बिरबाट दर्शकमा सिनेमाप्रती अझ उत्सुकतालाई बढ्ने तय छ । यसमा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । सिनेमालाई म्यूजिकल लभस्टोरी कथामा निर्माण गरिएको निर्माता सुनिल कुमार थापाले बताए ।

सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । सिनेमामा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ ।