ए मेरो हजुर २: ‘उकालीमा जाँदा जाँदै’ भिडियो सार्वजनिक

ए मेरो हजुर २: ‘उकालीमा जाँदा जाँदै’ भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ १६ मा रिलिज हुन् लागेको प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सिनेमाको तेस्रो गीत सार्वजनिक गरेको हो ।

यसअघि सार्वजनिक दुई गीत ‘कसम हो कसम’ र ‘किनिदेउ न साइला दाई’ युट्युबमा हिट भैसकेका छन् । तेस्रो गीतको अडियो एक महिना अगाडी युट्युबमा सार्वजनिक गरिएको थियो । श्रोतामा माँझ लोकप्रिय बन्न सफल ‘उकालीमा जाँदा जाँदै’को भिडियो प्रतिक्षित थियो । अन्तत: सार्वजनिक भएको छ ।

गीतमा सिनेमाका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल लगायत फिचरिङ छन् । वसन्त सापकोटाको संगीत रहेको गीतमा राजेशपायल राई र इन्दिरा जोशीले स्वर दिएका छन् ।

अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमालाई सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ‘ए मेरो हजुर २’मा सामिप्यराज तिमिल्सिना र हरिहर अधिकारीको पटकथा/संवाद, संजय लामाको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।