हेटौडाबाट सुरु भयो ‘ए मेरो हजुर २’को मोफसल प्रचार-प्रसार

हेटौडाबाट सुरु भयो ‘ए मेरो हजुर २’को मोफसल प्रचार-प्रसार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ १६ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर २’ले मोफसल पब्लिसिटी सुरु गरेको छ । पछिल्लो समय चर्चा र प्रतिक्षामा रहेको सिनेमाले मोफसल पब्लिसिटीको सुरुवात हेटौडाबाट गर्यो ।

झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमाले बुधबार हेटौडामा प्रेसमिट गरेर सिनेमाको बारेमा जानकारी दियो । प्रेसमिटमा बोल्दै नव-अभिनेता सलिनमान बनियाँले आफ्नो कास्ट माथि मिडियामा रहेको भ्रमलाई प्रस्ट्याए ।

आफु ‘बानियाँ’ नभएर ‘बनियाँ’ रहेको उल्लेख गरे । प्राय मिडियामा ‘बानियाँ’ लेखिरहेको देख्छु । तर, आफु ‘बनियाँ’ रहेको बताउँदै अब लेख्दा सच्याएर लेखिदिन आग्रह गरे ।

हेटौडामा निर्देशक झरना थापा, कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अगायत अन्य सिनेमाको सदस्यहरु उपस्थित थिए । प्रेसमिटमा सिनेमाका सबै कलाकार र सदस्यले पत्रकारसँग भलाकुसारी गरेका थिए ।

मोफसल दौडाहमा रहेको ‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुदैं राजधानी भित्रिनेछ । निक्कै प्रतिक्षा गरिएको यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।