‘ए मेरो हजुर २’ वर्षकै दोस्रो हिट सिने एल्बम !

‘ए मेरो हजुर २’ वर्षकै दोस्रो हिट सिने एल्बम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली दर्शक माँझ नेपाली सिने गीत भन्दा पनि बलिउड गीत लोकप्रिय छन् । तर, पछिल्ला दुई चार वर्षलाई हेर्ने हो भने नेपाली सिने संगीतमा नेपाली सिनेमाले फड्को मारेका छन् ।

कुनै बेला बलिउड गीत मात्र गुनगुनाउँने दर्शक श्रोता पनि अहिले नेपाली गीत सुन्न र हेर्न लालायित हुने गरेका छन् । यसको ज्वलन्त उदाहरण युट्युब हो ।

नेपालबाट युट्युबमा सर्वाधिक हेरिने भनकै सिनेमा र सिनेमाका गीत रहेका छन् । यो वर्षको पाँचौ महिनामा लाग्दा थुप्रै सिने गीत हिट भैसकेका छन् । करिब ३० को हारहारीमा सिनेमा रिलिज हुँदा दर्जन बढी गीतले आफुलाई अब्बल सावित गरेका छन् ।

दर्जन सिंगल गीत हिट हुँदा पनि अहिले सम्म लोकप्रियताको आधारमा दुई सिने एल्बम मात्र हिट भएका छन् । पहिलो हिट सिने एल्बमको रुपमा ‘म यस्तो गीत गाउँछु’ले नाम दर्ता गरेको थियो । त्यस्तै दोस्रो हिट सिने एल्बमको रुपमा ‘ए मेरो हजुर २’ दरिएको छ । यी दुई सिनेमामा समावेश सबै गीत हिट भएकै कारण हिट एल्बमको सुचीमा राखिएको हो ।

सिनेमामा समावेश ३ ओटै गीत रिलिज भैसकेका छन् । तिन गीतले नै दर्शक मन जितीसकेका छन् । युट्युबमा रिलिज गरिएको पहिलो गीत ‘कसम हो कसम’ले ७० लाख बढी भ्यु प्राप्त गरिसकेको छ । त्यस्तै दोस्रो गीत ‘किनीदेउन साइला दाई’ले ५२ लाख बढी भ्यु प्राप्त गरेको छ । केहि दिन अघि मात्र रिलिज गरिएको ‘उकालीमा जाँदा जाँदै’ले पनि आफुलाई हिट गीतको सुचीमा सूचिकृत गरेको छ । एक साता नपुग्दै यो गीतलाई ८ लाख बढी भ्यु मिलेको छ । भने, केहि दिन देखि गीतले  युट्युब ट्रेन्डीङ टप १० भित्रको उतारचढाव थेगिरहेको छ ।

‘ए मेरो हजुर २’ हिट एल्बमका संगीतकारहरु बसन्त सापकोटा र कल्याण सिंह हुन् । एल्बममा सुगम पोखरेल, राजेश पायल राई, इन्दिरा जोशी, साधना सरगम लगायतको स्वर छ । एल्बमका गीतमा कविराज गहतराज र रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।

‘ए मेरो हजुर २’ रिलिज नहुँदै सबै गीत हिट हुन् हुनुले सिनेमालाई राम्रो हाइप मिलेको छ । तयसैले झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमालाई प्रतिक्षित मानिएको छ । सुनिलकुमार थापा निर्मित सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, विल्सनविक्रम राई, लागायतका कलाकारको अभिनय छ । सिनेमा रिलिज अगावै राइजिंग स्टारको उपमा पाएका सलिनमान बानियाँले ‘ए मेरो हजुर २’बाट डेब्यु गर्दैछन । यो सिनेमा दर्शकले भदौ १६ गते पर्दामा हेर्न पाउँनेछन् ।

‘ए मेरो हजुर २’का हिट गीतहरु:-