आधुनिक प्रेम कथा ‘जानी नजानी’ ट्रेलर रिलिज (भिडियो)

आधुनिक प्रेम कथा ‘जानी नजानी’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको आधुनिक प्रेमकथामा आधारित सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा समावेश संवादले दर्शकको मन जित्न सक्छ । ट्रेलरमा कलाकारको काम उत्कृष्ट लाग्छ । सिनेमाको मेकिङ्ग क्वालीटी उच्च छ । जसले गर्दा सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकलाई हलसम्म आउन मद तगर्ने विश्वास निर्माण टिमलाई छ ।

सिनेमाले माया, प्रेमसँग देशको राष्ट्रितासँग जोड्ने निर्देशक बसन्त अधिकारीले बताए । सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । सिनेमामा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरु अभिनय रहेको छ ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । आधुनिक प्रेमकथामा निर्माण भएको सिनेमालाई थुप्रै सफल सिनेमामा चिफ ऐडीको रुपमा काम गरिसकेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीए सिनेमा हो । ‘जानी नजानी’मा मोदनाथ खनाल र सागर काजी माली निर्माताको रुपमा रहेका छन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।