अक्षय र परिणीती स्टारर ‘केसरी’ ट्रेलर रिलिज (भिडियो)

अक्षय र परिणीती स्टारर ‘केसरी’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत सिनेमा ‘केसरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमामा परिणिती चोपडा र अक्षय कुमारको जोडी बाधिएको छ । ‘केसरी’ एक पिरियड ड्रामा सिनेमा हो । यो सिनेमालाई अनुराग सिंहले निर्देशन गरेका हुन् ।

ट्रेलरमा अक्षय कुमारको जबरदस्त एक्सन अवतारलाई देखाइएको छ । इन्टरनेट रिलिज भएसँगै सोसल मिडियामा ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलीरहेको छ । दर्शकलाई सिनेमाको संवाद निकै मन परेका छन् । सिनेमाको ३ मिनेट लामो ट्रेलरको ब्याकग्राउण्ड म्यूजकिलाई बलिउड मिडिया र दर्शकले उत्कृष्ट बताएका छन् ।

२१ मार्चबाट विश्वभरका सिनेमा घरमा ‘केसरी’ रिलिज हुँदैछ । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित जि स्टुडियोको लगानीमा सिनेमा निर्माण भएको हो । सिनेमाको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । ‘केसरी’ले बक्सअफिसमा राम्रो कमाई गर्ने बलिउड सिनेमा पण्डितहरुको अनुमान रहेको छ ।