अनिल कपुर स्टारर सिनेमा ‘नायक’को सिक्वेल बन्ने ?

अनिल कपुर स्टारर सिनेमा ‘नायक’को सिक्वेल बन्ने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अनलि कपूर २२ फेब्रअरीमा रिलिजको तयारीमा रहेको बहुप्रतिक्षीत सिनेमा ’टोटल धमाल’ को प्रमोशनमा व्यस्त छन् । तर, अहिले उनके १९ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट सिनेमा ’नायक : द रियल हिरो’को सिक्वेल बन्ने चर्चा छ ।

खबरअनुसार, यो सिनेमाको सिक्वेलको अहिले तयारी चलिरहेको छ । यस सिनेमाका निर्देशकले अहिले सिक्वेल बनाउनेबारे सोचिरहेको चर्चा बलिउडमा भैरहेको छ । राजनीतिक एक्सन थ्रिलर सिनेमाको सिक्वेलको विषयमा सोधिएको एक प्रश्नमा अनिल कपूरले भने, ’मलाई लाग्छ कि ’नायक’ को सिक्वेल निमार्ण एक राम्रो विचार हुनेछ ।’

’नायक’ एस. शंकरको हिट तमिल सिनेमा ’मुधलवन’ को रिमेक थियो । २००१ मा आएको सिनेमामा कसरी एक आम मानिस भ्रष्टाचारको विरुद्धमा लड्छ भन्ने देखाइएको थियो । सिनेमामा रानी मुखर्जी र स्वर्गीय अमरीश पुरीको पनि प्रमुख भूमिका थियो ।

अनलि कपूर चाँडै एक सिनेमामा नेगेटिभ रोलमा देखिँदैछन् । खबरअनुसार, आदित्य रोय कपूर र दिशा पाटनी स्टारर एक्सन थ्रिलर सिनेमामा उनी नेगेटिभ रोलमा देखिनेछन् । यसलाई ’सोनू के टीटू की स्वीटी’ का निर्देशक लभ रञ्जनले निर्देशन गर्दैछन् ।