‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ रिलिज (भिडियो)

‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – दयाहाङ राई स्टारर सिनेमा ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमाको दोस्रो गीत ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो समाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ ।

आगामी वर्षको जेष्ठ २४ गतेबाट रिलिज हुने तय भएको छ । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।