युएईको हलमा ‘प्रसाद’ नियमित प्रदर्शन

युएईको हलमा ‘प्रसाद’ नियमित प्रदर्शन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्षको सुपरहिट सिनेमा ‘प्रसाद’ यतीवेला यूएईका विभिन्न सिनेमा घरमा प्रदर्शन भैरहेको छ । सन् २०१६ बाट यूएईमा नेपाली सिनेमा नियमित रुपमा प्रदर्शन भइरहेको छ । ’प्रेम दिवस’ को अवसर पारेर बिहीवारबाट यूएईका ११ ओटा हलिउड र बलिउड सिनेमा रिलिज हुने हलमा नेपाली सिनेमा ‘प्रसाद’ प्रदर्शनमा आएको छ । भने मार्च ३ तारिखबाट अमेरिकाका विभिन्न हलमा सिनेमा प्रदर्शन हुने तय भएको निर्देशक दिनेश राउतले बताए ।

यूएईमा बसोबास गर्ने नेपालीहरुले यो सिनेमाको निकै प्रतिक्षा गरेर बसेका थिए । विकास नेटवर्कमार्फत् विकास सुवेदी र आशिष पुरुषले यूएईमा सिनेमा प्रदर्शनको जिम्मेवारी पाएको छ । प्रदर्शकका अनुसार प्रसादको पहिलो र दोस्रो दिनको सोज हाउसफुल भएको जानकारी दिएका छन् । सिनेमा हेर्ने दर्शकको संख्यामा हरेक दिन वृद्धि भइरहेको वितरकको जिम्मा पाएका एक विकासले बताए ।

विकासका अनुसार, ’प्रसाद’ ले यूएईका ११ ओटा हलमा दैनिक १३ सोज पाइरहेको छ । उनले भने, ’यो नेपाली सिनेमा क्षेत्रका लागि खुसीको कुरा पनि हो । विदेशी सिनेमाबीच पनि नेपाली सिनेमाले विदेशमा १३ सोज पाउनु चानचुने कुरा होइन । यो आफैंमा ऐतिहासिक क्षण हो ।’ सिनेमा दुई हप्तासम्म चल्ने विश्वास उनको छ ।

यो फिल्म ’बलिउड सिनेमा हल’ मा समेत प्रदर्शनमा आएको छ । ’प्रसाद’ ले नेपालमा मात्र नभइ विदेशमा पनि आशलाग्दो व्यापार गरिरहेको छ । सिनेमाको अष्ट्रेलियामा नियमित ३५ सो भइसकेको छ । अन्य देशमा पनि सिनेमाको माग उच्च छ । प्रसादलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

एक निःसन्तान दाम्पत्तिको जीवनमा आउने उचारचढावको कथा पेश गरेको सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत प्रमुख भूमिकामा छन् । रंग पत्रकार तथा समीक्षक सुशील पौडेलले सिनेमाको कथा लेखेका हुन् । सिनेमामा समावेश दुई गीत ’लै लै’ र ’बनकी चरी’ अहिले बजारमा निकै लोकप्रिय छन् ।