पुरानो बुलेट ट्रेलर : वर्षा र मालासँग अनुपको प्रेम (भिडियो)

पुरानो बुलेट ट्रेलर : वर्षा र मालासँग अनुपको प्रेम (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य कलाकार अनुप विक्रम शाहरुी, वर्षा सिवाकोटी, माला लिम्बु लगायतका कलाकारलाई विषेश स्थान दिइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा माया, प्रेम र विछोडलाई फोकस गरिएको छ । निर्माण टिमका अनुसार सिनेमाको कथा अनुप, वर्षा र मालाको बरिपरि घुमेको छ ।

’पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै केहीदिन पहिलो पोस्टर सार्वजनिक गरेको निर्माण टिमले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमामा अनुप, बर्षा र मालाका अलवा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक भीषणले सन्तोष राईसँग सहकार्य गरेका छन् । सन्तोष राई सिनेमाका कार्यकारी निर्माता पनि हुन् । ‘पुरानो बुलेट’मा अशोककुमार राई (साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले मिलेर निर्माण गरेका हुन् । सिनेमामा उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायाँकन, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेका छ ।