रणवीरसँगको ब्रेकअप पछि सिंगल नै छिन् क्याट्रिना

रणवीरसँगको ब्रेकअप पछि सिंगल नै छिन् क्याट्रिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं बलिउड अभिनेत्री क्याट्रिना कैफ भारतको सुटिङ्गको क्रममा घाइते भएकी छन् । यसका बाबजुद पनि उनी जोया अख्तरको सिनेमा गल्ली ब्वाईको विशषे शोमा उपस्थीत भइन् । क्याट्रिना बैशाखरुीको साहारामा विशेष शोमा पुगेकी थिइन् । सिनेमा हेरिसके पश्चात उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफुलाई सिनेमा मन परेको बताइन् । क्याट्रिना र जोया जिन्दगी ना मिलेगी दोबारामा एकसाथ काम गरेका थिए ।

यस्तै बलिउडमा क्याट्रिना त्यस्ती अभिनेत्रीमा पर्छिन, जसको लभ लाईफ सधैं चर्चामा रहिरह्यो । उनले आफूले प्रेम गरेको मान्छेलाई कहिले पाउन सकिनन् । पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो । त्यसपछि उनको जीवनमा रणवीर कपुर आए । सो सम्बन्ध पनि टुट्यो । यसैबीच, क्याट्रिनाले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छन् ।

बलिउड मिडियाका अनुसार हालै उनी एक सोमा पुगेकी थिइन् । सोमा उनले आफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिइन् । उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, ‘यो कुरा म आफैँलाई पनि थाहा छैन, म यो पनि जान्दिनँ कि यसपछि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ ।’

उनले अहिलेसम आफू सिंगल नै भएको बताइन् । आफूसँगैका लगभग सबै हिरोइनको विवाह भैसकेको ट । यस विषयमा उनले भनेकी छिन्, ‘मैले देखिरहेको छु, सबैले विवाह गरिसकेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू होस ।’ उनले आफूलाई पनि विवाह गर्ने मन भएको बताइन् । क्याट्रिना अभिनीत नयाँ सिनेमा ‘भारत’ आगामी इदको अवसरमा रिलिज हुँदै छ ।