‘प्रणय दिवस’मा ‘दि ब्रेकअप’ टिमले साटे दर्शकसँग माया

‘प्रणय दिवस’मा ‘दि ब्रेकअप’ टिमले साटे दर्शकसँग माया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो दि ब्रेकअप । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम यतिबेला सिनेमाको प्रचार प्रसारमा जुटीरहेको छ । यो बीचमा बिहिबार परेको प्रेम दिवसको अबसरमा ’ब्रेकअप’ले निर्माण टिमले राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरुसँग माया साट्यो ।

मुख्य अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल मुद्रामा फ्यानहरुमाझ पुगे । राजधानीको केन्द्र मानिने सुन्धारा स्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे, सेल्फीमा रमाए । अभिनेत्री द्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिती जनाए ।

निर्देशक हेमराज बिसी सहितको टिमले सिभिल मलमा आयोजित प्रेमको उल्लासमय माहोलमा सिनेमाको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राखे । स्थानिय दर्शकले ’जय ब्रेकअप’को हुटिङ सहित सिनेमालाई सफलताको शुभकामना दिएका थिए ।

रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको सिनेमाको ट्रेलरले लोकप्रियता बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा पनि यो सिनेमाको ट्रेलरमा समावेश डायलगहरुले पनि राम्रै स्थान पाइरहेका छन् ।