‘कर्ली कर्ली कपाल’ गीत रिलिज कार्यक्रममा रिल र रियल ‘क्याप्टेन’

‘कर्ली कर्ली कपाल’ गीत रिलिज कार्यक्रममा रिल र रियल ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार आगामी फागून १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’ निर्माण टिमले सिनेमामा समावेश कर्ली कर्ली कपाल कोलको गीत रिलिज कार्यक्रममा सधैंको भन्दा फरक माहोल तयार पार्यो । सिनेमाका मुख्य कलाकार अनमोल केसी र विशेष भुमिकामा अभिनेता भुवन केसी र निरुता सिंहले डान्स गरेको गीत सार्वजनिक कार्यक्रममा फुटबल दुनियाँ हस्ती र सिनेमाको टिमविच अन्तरक्रिया भयो ।

सिनेमाले पनि फुटबलको कथालाई उठान गरेको छ । राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनले सिनेमाको सफलताको शुभकामना दिए । उनले भने–‘यो हामी सबै खेलाडीको कथा हो भन्ने मलाई लागेको छ । आशा छ, सिनेमाले सफलता हाँसिल गर्ने छ । म मेरो तर्फबाट गर्ने सबै सहयोग गर्नेछु ।’

अखिल नेपाल फुटबल संघका अध्यक्ष र महासचिवले पनि आफूहरुले सिनेमाको प्रचारका लागि सहयोग गर्ने बताए । उनीहरुले, देशभरका आफ्नो निकायमा सिनेमाका लागि के गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाएर सर्कुलेशन गर्ने समेत बताएका थिए । नेपाली फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले पनि राष्ट्रियता र खेल जोडिएको सिनेमा बनाएको भन्दै यो टिमलाई धन्यवाद दिएका थिए । नायक भूवन केसीले क्याप्टेनलाई आफूले राष्ट्रिय सिनेमा भन्न रुचाउने भन्दै एन्फाबाट ठूलो सहयोग पाएको र अझै साथ र सहयोगको अपेक्षा राखेको बताए ।

फुटबल खेलाडी हरि खड्काले नायक अनमोल केसीलाई फुटबलको ३ महिनाको ट्रेनिङ देखिएका थिए । नायक अनमोल केसीले यो सिनेमाले राष्ट्रियता बोकेको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । सिनेमामा दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको छ । सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा भुवन केसीको लगानी रहेको छ । भने सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् ।