जोयाले नयाँ सिनेमामा ऋतिकसँग सहकार्य गर्ने ?

जोयाले नयाँ सिनेमामा ऋतिकसँग सहकार्य गर्ने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जोया अख्तरको निर्देशनमा निर्माण भएको सिनेमा ‘गल्ली ब्वाई’ अहिले सिनेमा घरमा रिलिज भैरहेको छ । सिनेमाले पहिलो दिने बलिउड पण्डितको अनुमान भन्दा बढी ओपनिङ्ग गरेको छ । अनै जोयाले सन् २००९ मा बनेको सिनेमा ‘लक बाई चान्स’ मार्फत निर्देशनमा डेब्यु गरेकी थिइन । जोया अख्तर यतिबेला स्थापित निर्देशक बनिसकेकी छिन ।

भ्यालेन्टाइन डलाईे लक्षित गर्दै रिलिज भएको सिनेमा ‘गल्ली ब्वाई’ ले यतीवेला दर्शक तथा सकिक्षकबाट राम्रो प्रतिक्रिया पाइरेहको छ । यो सिनेमामा रणवीर सिंह र आलिया भट्ट जस्तो स्टार कलाकारको जोडी काधेकी छन् । बलिउड मिडियाले सिनेमाको विषयवस्तु र पटकथा निकै बलियो रहेको बताइ रहेका छन् । उनले सिनेमामा एक र्यापरको कथालाई सिनेमाको पर्दामा उतारेकी छन् । गल्ली ब्वाईको सम्पूर्ण पक्ष उत्कृष्ट छ, जसलाई दर्शकले हेर्न चाहिरहेका हुन्छन् त्यो कथालाई सिनेमाको कथामा उठान गर्न माहिर निर्देशको रुपमा उनलाई बलिउडमा चिन्ने गरिन्छ ।

जोया फेरीपनि आफ्नो कथाकै दममा अगाडी आएकी छिन । उनका लागि स्टारडम हलसम्म ल्याउने फर्मुला मात्र हो, उनले कलाकारको स्टारडममा भर परेर सिनेमा निर्माण गर्दिनन् । उनै जोयाले जिन्दगी न मिलेगी दोबारा, दिल धड्कने दो मार्फत दर्शकको माया पाएकी थिइन् । जोयाले गल्ली ब्वाई मार्फत पनि दर्शकको मन जितिसकेकी छिन ।

उनै जोयाले नया सिनेमामा को सँग सहक्र्य गर्दैछिन् त ? उनले नया सिनेमामा ऋतिक रोशनसंग काम गर्ने बताएकी छिन । ‘मलाइ ऋतिकसँग काम गर्ने निकै इच्छा छ र सब्जेक्ट पनि जुरेको छ जसमा उनि फिट छन्’ जोयाले आफ्नो प्लानिङ शेयर गर्दै भनिन् ‘सिनेमाले यथार्थलाई भुल्नु हुदैन तर हामीले भुल्नु हुदैन त्यो सिनेमा हो ।’ त्यसो त उनले ‘जिन्दगी ना मिलेगी दोबारा’को सिक्वेल बनाउने चर्चा यतिवेला बलिउडमा चलिरहेको छ । जोयाले पनि यो कुरालाई स्वीकार गरेकी छन् । जसका लागी उनले एउटा राम्रो स्कृप्ट खोजी रहेकी छन् । आफुले खोजेको जस्तो कथा भेटेको खण्डमा आफुले ऋतिकसँग ‘जिन्दगी ना मिलेगी दोबारा २’को काम सुरु गर्ने बताइन् ।