‘लभ स्टेसन’को पहिलो गीत ‘घाम जुन चाहिदैन’ रिलिज (भिडियो)

‘लभ स्टेसन’को पहिलो गीत ‘घाम जुन चाहिदैन’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । भियतनामका सुन्दर लोकेशनमा छायांकन गरिएको घाम जुन चाहिदैन बोलको गीतमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । उषा शेरचन र दिपक शर्माको शब्द रहेको गीतको संगीत शर्माले तयार पारेका हुन् । सार्वजनिक उक्त गीतमा सुगम पोखरेल र रेश्मा पुनको स्वर छ । भने गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

भेट्रान निर्देशक उज्वल घिमिरेले निर्देशन गरेको सिनेमालाई काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता वितरक गोविन्द शाही हुन् । म्युजिकल लभस्टोरी कथामा निर्माण गरिएको सिनेमामा ‘लभ स्टेसन’ एउटा विशेष ठाँउको नाम हुने निर्माण टिमको भनाई छ । सिनेमामा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।

लभ स्टेसनमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । सिनेमामा निर्देशक अज्वल घिमिरेको कथा, सुवास सिंह बस्नेतको पटकथा तथा संवाद, आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।