‘प्रेम दिवस’ पोस्टरमा आयुष्मान र विशालसँग रोमान्टिक प्रिंयका

‘प्रेम दिवस’ पोस्टरमा आयुष्मान र विशालसँग रोमान्टिक प्रिंयका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ३ गतेबाट रिलिज हुने सिनेमा प्रेम दिवसको दुई पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेललाई स्थान दिइएको छ । सिनेमाको एक पोस्टर अभिनेत्री प्रियंका कार्कीलाई दुई अभिनेतासंग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । भने अर्को पोस्टरमा अभिनेत्री प्रियंका र आयुष्मानलाई मात्रै फोकस गरिएको छ ।

सिनेमाका निर्माता सञ्जय न्यौपानेले सिनेमाको नाम अनुसार ‘प्रेम दिवस’ अर्थात भ्यालेनटाइन डेको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको बताए । सिनेमामा प्रियंका, आयुष्मान र विशालका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको केहीदिन पहिले सार्वजनिक गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

रियल मोसन पिक्चर्स र एस. एन. प्रोडक्सन प्रा. ली.को ब्यानरमा सञ्जय न्यौपानेको लगानीमा निर्माण भएको सिनेमालाई योगेस घिमिरेले निर्देशन गरेका हुन् । ‘प्रेम दिवस’मा रमेश चौधरी र उत्सव दाहालको सह निर्माण रहेको छ । सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।