१८ वर्ष पछि शाहरुखले गाए ‘रन रन रन’

१८ वर्ष पछि शाहरुखले गाए ‘रन रन रन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाठौं – बलिउड अभिनेता शाहरुख खानको हालै रिलिज तीन सिनेमाले उनलाई खुशी दिन सकेन । सिनेमा लगातार फ्लप भएपछि शाहरुख अब के गर्लान् भन्ने अन्यौल उनका शुभचिन्तकमा कायम रहेको छ । यही अन्यौलताका बीच शाहरुख अब गायक बन्ने खबर बलिउड मिडियाले सार्वजनिक गरेका छन् ।

भारतमा क्रिकेटको उत्सवका रुपमा रहेको आइपीएल सुरु हुने तयारीमा रहेको छ । शाहरुख खान आफै पनि कोलकाता नाइट राइडर्सका मालिक हुन् । त्यही कारण शाहरुख आफ्नो टिमको लागि एक गीत गाउँदैछन् ।

अभिनेत शाहरुखले संगीतकार बप्पी लाहिरीलाई एक गीतको संगीत तयार पार्न आग्रह गरेका थिए । गीतको बोल ‘रन रन रन’ राखिएको छ । बप्पीले छोरा बाप्पासँग मिलेर गीतको एरेन्ज गरेका छन् । यो गीत गाउँनका लागि शाहरुखले धेरै दिनदेखि रिहल्सल गरिरहेका थिए । लामा समयको रिहल्सल पछि शाहरुखले आफ्नो टिमको लागी गीत रेकर्ड पनि गराई सकेका छन् ।

आइपीएल सुरु हुनु अघि नै यो गीत सार्वजनिक गरिने छ । शाहरुखले यसअघि आफुले अभिनय गरेका सिनेमा ‘जोश’का लागी एउटा गीत गाएका थिए । जुन गीतको शिर्षक ‘आपुन बोला’ थियो । शाहरुखले टिमको लागी गीत गाएको बलिउड मिडियाले खबर प्रकाशन गरेसँगै फ्यानले उनको नयाँ गीतको निकै प्रतिक्षा गरिरहेका छन् ।