अनमोल भन्छन्, ‘क्याप्टेन’ हरेक वर्गका दर्शकले हेर्न मिल्ने सिनेमा हो

अनमोल भन्छन्, ‘क्याप्टेन’ हरेक वर्गका दर्शकले हेर्न मिल्ने सिनेमा हो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १७ गतेबाट रिलिज हुने सिनेमा ‘क्याप्टेन’को निर्माण टिम यतीवेला सिनेमाको प्रचार प्रसारमा जोडतोडका साथ लागी रहेको छ । पहिलो पटक फुटबलरको रुपमा देखिन लागेका अनमोल बुधबार काठमाडौं पत्रकारसँग कुराकानी गर्ने क्रममा आफलाई फिल्म किरो भएको बताएका छन् । अनमोलले भने, ‘आफुले हरेक समय सिनेमाको बारेमा मात्रै सोच्ने बताए । म सिनेमाको सुटिङको समय होस् वा सुटिङ भन्दा बाहेकको समयमा समेत आफुले सिनेमा बाहेकको विषयमा सोच्नै नसक्ने बताए ।’

यस्तै आफु खाली समय घरमा बसी रहँदा पनि युट्युब, टेलिभिजन जुनमा भएपनि सिनेमा हेर्ने र आगामी सिनेमामा अझै कसरी राम्रो काम गर्ने भनेर सोचेर बस्ने गरेका सुनाए । आफुले खाली समयमा दिनमा चार ओटासम्म सिनेमा हेर्ने गरेको छु उनले भने । रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेन हरेक वर्गका दर्शकले हेर्न मिल्ने सिनेमा बनेको दावी अनमोलको छ । यो सिनेमा युवा, युवतीका लागी मात्रै होइन । स्पोर्ट र लभस्टोरी जनराको सिनेमा मन पराउँने हरेक दर्शकका लागी राम्रो खुराक हो क्याप्टेन।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पहिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

सिनेमामा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।