अनन्त : ‘बागी ३’मा टाइगर र श्रद्धाको जोडी फाइनल

अनन्त : ‘बागी ३’मा टाइगर र श्रद्धाको जोडी फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टाइगर श्रोफ स्टारर सिनेमा ‘बागी ३’मा श्रद्धा कपुरको इन्ट्री भएको छ । यो सिनेमा टाइगरको जोडीको रुपमा दिशा पटानी र सारा अली खानको चर्चा यो अनन्त निर्माता साजिद नाडियानवाला र निर्देशक अहमद खानले श्रद्धालाई फाइनल गरेका हुन् । साराले सिनेमामा आफ्नो भुमिका कजोर रहेको भन्दै सिनेमाबाट हात झिकेसँगै टाइगरकी गर्लफ्रेण्ड दिशाले सिनेमामा काम गर्न लागेको चचा बलिउड मिडियाका चुलिएको थियो ।

श्रद्धाले बागी पश्चात एक पटक पुन टाइगरसँग काम गर्ने भएकी छिन् । पहिलो सिरिज नै हिट दिएको यो जोडीको पुनरागमनले ‘बागी ३’को चर्चा शिखरमा पुगेको छ । पहिलो र दोस्रो सिरिजबाट मनग्ये पैसा कमाएका निर्माता तेस्रो पार्टलाई अझै उत्कृष्ट बनाउने सोचमा छन् । टाइगर ‘बागी’ सिरिजबाटै एक्सन हिरोको रुपमा चम्किएका छन् । टाइगरको ‘स्टुडेन्ट अफ द इयर २’ यहि वर्ष रिलिज हुँदैछ । अहमद खानले निर्देशन गर्ने सिनेमालाई २०२० को मार्च ६ मा रिलिज गरिदैछ ।