विपिन र श्रृष्टीलाई लिएर ‘परी’को निर्माण घोषणा

विपिन र श्रृष्टीलाई लिएर ‘परी’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘परी उड्न देऊ’को निर्माण घोषणा गरिएको छ । सिनेमाको सोमबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी अफिसियल निर्माण घोषणा गरिएको हो । यो सिनेमालाई म्युजिक भिडियो निर्देशन र सम्पादनमा चिनिएको नाम निशान कश्यप घिमिरेले निर्देशनमा डेव्यु गर्दैछन् । पहिलो पटक सिनेमा निर्देशनमा होमिएका निर्देशक कश्यपले ‘परी’मा अभिनेता विपिन कार्की र श्रृष्टी खड्काको जोडी बाधेका छन् ।

साढे एक करोडको बजेटमा निर्माण हुने सिनेमालाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । सिनेमाको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो । यसले संवेदनशिल विषय उठाउने बताइएको छ । निर्देशक कश्यपले घोषणा सभामा भने, ‘एउटा उत्कृष्ट सिनेमा बनाउने इमान्दार प्रयास गर्नेछौं । सिनेमा रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।’ आरएन आइकनको ब्यानरमा बन्ने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । निपिल शर्माको कथा लेखन रहेको सिनेमामा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

आगामी नयाँ वर्ष वैशाख पछि छायांकन थालिने सिनेमाका मुख्य दुई कालाकार वाहेक सिनेमाको कथावस्तु वारेमा खुलाएको छैन् । सिनेमाका कलाकारलाई वर्कसप गराउनका लागी पनि सिनेमाको केही समय पहिले नै घोषणा गर्नु परेको निर्देशक घिमिरेले बताए । अहिले कथा लेखनको काम भैरहेको छ । कथा लेखनको काम पुर्ण भएसँगै अर्को प्रेसमिट गरेर सिनेमाको कथावस्तु र बाँकी टिमको बारेमा जानकारी गाराइने निर्माण टिमको तयारी रहेको छ । ‘परी’को छायांकन नेपालका साथै भारतको राजीस्तानमा समेत गरिने छ ।

म्युजिक भिडियोमा चिनिएकी मोडल श्रृष्टी खड्काले यही सिनेमाबाट ठुलो पर्दामा डेव्यु गर्दैछिन् । सिनेमाको कथावस्तु राम्रो भएकाले पनि सिनेमामा काम गर्न तयार भएको अभिनेत्री खड्काको भनाई छ । ‘परी’मा मेरो भुमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छु । पहिलो सिनेमामा विपिन कार्की जस्तो सफल कलाकारसँग काम गर्न पाउँदै छु । उहाँबाट मैले धेरै कुरा सिक्न अवसर पाउनेमा आशावादी छु ।