‘फिङ्गर प्रिन्ट’को सस्पेन्स थ्रिलर ट्रेलर रिलिज (भिडियो)

‘फिङ्गर प्रिन्ट’को सस्पेन्स थ्रिलर ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘फिङ्गर प्रिन्ट’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनीक गरिएको छ । यो सिनेमालाई नविन निरौलाले निर्देशन गरेका हुन् । भने सिनेमा निर्देशक नवीनकै लेखन तथा सम्पादन रहेको छ । सिनेमा औषत प्रचार प्रसारका विच प्रदर्शनमा आउदै छ ।

कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको सिनेमामा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाल, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

शंकर आचार्य र अनिल श्रेष्ठ सह निर्माता रहेको सिनेमा मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउछन् । सिनेमामा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको सिनेमामा ‘फिङ्गर प्रिन्ट’को दुरुपयोगले बिश्वमा हुन सक्ने अपराध लगायतका बिषय प्रस्तुत गरिएको निर्माण टिमको भनाई रहेको छ ।