‘समर लभ’लाई मिल्यो दर्शकको राम्रो साथ

‘समर लभ’लाई मिल्यो दर्शकको राम्रो साथ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ’समर लभ’को ब्यापार हिँउदे बर्षातका कारण प्रभावित बन्यो । रिलिजको अघिल्लो दिनदेखि निरन्तर परेको झरीले रिलिज पश्चातको शनिबारसम्म पनि पानि परिरहेको थियो । बर्षातका वावजुल पनि सिनेमाको प्रतिक्षामा रहेका दर्शक भने रुझ्दै र भिज्दै हलसम्म पुगको निमार्णको भनाई रहेको छ ।

शुक्रबारको तुलनामा सिनेमाप्रति शनिबार दर्शकको साथ राम्रो देखियो । बर्षातका कारण बिहानी शोजहरु प्रभावित हुँदा दिवा शोमा भने दर्शकको चाप राम्रो रहेको निर्देशक मुस्कान ढकालले बताए । शनिबार ’दिवा शो’मा राजधानीको मुख्य केन्द्र मानिने गोपीकृष्ण हलको १ हजार बढि क्षमताको ’गोपी’ पर्दा हाउसफुल बन्दा अष्टनारायण हलमा पनि सोहि प्रकारको उपस्थिती दर्शकको देखिएको निर्माण टिमले जनाएको छ ।

मल्टिप्लेक्स तर्फ सिभिल मल, लाबिङ मल लगायतका शोजहरुमा पनि दर्शकको चाप राम्रो उपस्थीतीले’, प्रफुल्लित मुद्रामा देखिएका निर्देशक मुस्कान ढकालले भने, ’बर्षातका बाबजुत पनि दर्शकले दिनुभएको माया र साथले खुशी बनाएको छ, वर्ड अफ माउथ राम्रो छ, सिनेमा हेरेका दर्शकले नराम्रो भनेको भेटेको छैन ।’

त्यसो त ढकाल आफ्नो सिनेमाको मुख्य टार्गेट भ्यालेन्टाइन डे भएको बताउँछन् । माया गर्नेहरुको लागी प्रणय दिवस आइसकेको छ, हाम्रो सिनेमाको मुख्य कन्टेन्ट नै प्रेम हो, त्यो दिन दर्शकको लागी राम्रो खुराक र कोशेली ’समर लभ’ बन्नेमा शंका छैन ।’ सिनेमाले राजधानी बाहिर नारायणगढ, दाङ, धरान र पोखरामा पनि दर्शकको साथ राम्रो पाएको वितरकहरु वितरकहरु बताउँछन् ।

सुबिन भट्टराईको प्रेमिल उपन्यासमा आधारित सिनेमामा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, ओमप्रतिक, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाको पटकथा सुबिन भट्टराई र सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

सञ्जय लामाको छायाँकन रहेको सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् भने इन्दु भण्डारी र खगेन्द्र श्रेष्ठ निर्मातामा छन् । पुष्पन प्रधानको संगीत रहेको सिनेमाले सांगितिक रुपमा पनि आफुलाई अब्बल प्रमाणित गरेको छ ।