बेलायतबाट सुरु गरियो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

बेलायतबाट सुरु गरियो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘सम्हालिन्छ कहिले मन’को छायाँकन बेलायतबाट सुरु गरिएको छ । सिनेमाको ५० दिनसम्म बेलायतको राजधानी लण्डनको विभिन्न रमणीय स्थानमा छायाँकन गरिने निर्देशक थापाले बताए । सिनेमाको निर्माण टिम कलाकार र प्राविधिक टिम सहित केही दिन पहिले मात्र लण्डन उडेको थियो । छायांकन अगाडि सिनेमाका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए ।

क्यामेरा पूजा सकेर सिनेमाको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा र डेव्यु अभिनेता सोनम तोप्देनले मुर्हत सर्ट दिएका थिए । सिनेमामा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा सिनेमाको छायांकन हुने सुनाए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुने सिनेमाको बेलायत छायांकन पश्चात केही प्रतिशत छायांकन नेपालको मुस्ताङमा समेत गरिने छ ।

अमित बस्नेत निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । सिनेमामा परि राना र अजितकुमार थापाको सह–निर्माताको रुपमा रहने छन् । सम्हालिन्छ कहिले मनमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहेको सिनेमा त्रिकोणात्ममक प्रेमकथामा तयार हुनेछ ।