‘आमा नबस्नु पर्खेर’ बोलको ‘रुमालै छ चिनो’को मार्मिक गीत रिलिज

‘आमा नबस्नु पर्खेर’ बोलको ‘रुमालै छ चिनो’को मार्मिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रुमालै छ चिनो’को मार्मिक गीत सार्वजनिक गरिएको छ । ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाले शब्द लेखेका हुन् । गीतमा मुख्य कलाकार सुशान्त कार्की, किशोर खतिवडा र संचिता लुईंटेललाई फिचर्ड गरिएको छ । सिनेमालाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा रुमालै छ चिनो निमार्ण गरिएको छ । लोक दोहोरी क्षेत्रका चर्चित गायक तथा गीतकार रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर सिनेमा निर्माण गरिएको हो । सुशान्त र नायिका अप्सना थापा, किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ज्योती फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको लगानी रहेको छ । रेशम थापाको कथा, अर्जुन पोखरेल र विरही थापाको संगीत, सम्राट बस्नेतको द्धन्द्व, सागर लामाको कोरियोग्राफी, बिनोद सापकोटाले छायांकन रहेको रुमालै छ चिनोमा शिब थारुको सम्पादन छ ।