‘अदालत’को पहिलो गीत ‘मिठो बोली’मा रिलिज (भिडियो)

‘अदालत’को पहिलो गीत ‘मिठो बोली’मा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २४ गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अदालत’को पहिलो गीत सार्वजनिक गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा समावेश रोमान्टिक गीत ‘मिठो बोली’ समाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको छ । रोशन वान्तवा राईको संगीत, दिनेश लिङ्देनको शब्द रहेको गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी हेर्न पाइने छ ।

सार्वजनिक गीतमा एलिना बासकोटा, मदन भुजेल, शान्ति लामा, मेनुका राई लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतलाई शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरेका थिए । नेता गुरुङले सिनेमाले सकारात्मक कथा बोक्नेमा आफु आशावादी रहेको बताए । कार्यक्रममा नेता गुरुङले मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुलाई सम्मान गरेका थिए ।

सिनेमामा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका लगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन भुजेल, राजकुमार अधिकारी, रुद्र पाहिम लिम्बु र शान्ति लामाले यसै सिनेमाबाट डेब्यु गरेका हुन् ।

सिनेमाका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई ‘अदालत’मा देखाइएको बताए । सिनेमामा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन रहेको छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको सिनेमाका प्रस्तुतकर्ता आरपी दाहाल हुन । भने कविता राई लिङ्देनको लगानी रहेको सिनेमा सह निर्माता मेखबहादुर मगर हुन् ।