अनमोलको र सुहानालाई प्रेम प्रस्ताव ‘ए मेरो हजुर ३’ टिजर रिलिज

अनमोलको र सुहानालाई प्रेम प्रस्ताव ‘ए मेरो हजुर ३’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को टिजर रिलिज गरिएको छ । ज्योतिषको समय अनुसार सरस्वती पुजा अर्थात श्री पञ्चमीको अवसर पारेर सिनेमाको टिजर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र डेव्यु अभिनेत्री सुहाना थापालाई स्थान दिइएको छ ।

सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘ए मेरो हजुर ३’लाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो उनको दोस्रो निर्देशकिय फिचर सिनेमा हो । अभिनेत्री झरना र निर्माता सुनिल कुमार थापाले छोरी सुहाना थापालाई डेब्यु गराउँदै छन् । सिनेमामा अनमोल र सुहानाका अलवा सरोज खनाल, अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रुपा घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा सुमन पौडेल र अभिनेत्री तथा निर्देशक थापाको कथा, सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पाद रहेको छ ।