‘यात्रा’को शिर्ष गीतका रोमान्टिक तस्वीर सार्वजनिक !

‘यात्रा’को शिर्ष गीतका रोमान्टिक तस्वीर सार्वजनिक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र २९ गतेबाट सलिनमान बनियाँ स्टारर सिनेमा ‘यात्रा: अ म्युजिकल भ्लग’ रिलिज हुदैछ । सलिनमान ‘ए मेरो हजुर २’ रिलिज भएको लामो समय पश्चात यो सिनेमाबाट काँचको पर्दामा देखिदै छन् । सलिनमा भएकै कारणले पनि यो सिनेमा दर्शक माझ निकै प्रतिक्षीत बनेको छ । केही दिन पहिले सार्वजनिक सिनेमाको टिजरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । भने यसको निर्माण टिमले सिनेमामा समावेश नयाँ गीत केही दिनमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सलिनमान यस सिनेमामा एक यात्रीको भूमिकामा देखिएका छन् । यात्राको क्रममा आउने आरोह अवरोहको कथालाई सिनेमामा देखाइएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै आफ्नो एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका सलिनमान यात्राबाट पनि निकै आशावादी छन् । भ्ल्गरको भूमिकालाई उनले सक्दो न्याय गरेको बताउछन् ।’ मैले चाहेकै किसमको भूमिकालाई यसमा निर्वाह गरेको छु’ सलिन भन्छन् ’सिनेमाले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्धन त गर्छन नै दर्शकलाई पनि लोकेशनले आँखामा शितलता दिन्छ ।’

सिनेमाको टाइटल गीत यात्रालाइ नेपालको पहाडी तथा हिमाली भेगको विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको छ । केहीदिनमा रिलिज हुने गीतको केहि तस्वीर निर्माण टिमले सार्वजनिक गरेको छ । यस गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ भने गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको छ ।

यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका छन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । उनले यस अघि थुप्रै सफल सिनेमामा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।’सिनेमाको कथावस्तु यात्रामा केन्द्रित छ तर यसले पूर्ण रुपमा मनोरंजन दिन्छ’ निर्देशक शाक्य भन्छन् ’सिनेमामा चाहिने सम्पूर्ण तत्व यो सिनेमामा समावेश गरिएको छ । ’सिनेमामा यात्राको क्रम आउने परिस्थिति, प्रेम र मित्रतालाई देखाइएको छ ।

सिनेमामा सलिनमान बनियाँका अलवा, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । सिनेमाको कथापनि स्वयंम निर्देशक सम्राट शाक्यकै हो भने यसलाई पटकथा तथा संवाद निर्देशक शाक्यसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

सिनेमामा सञ्जय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।