‘केजिएफ २’को मुख्य भुमिकामा सञ्जय दत्तलाई अफर ?

‘केजिएफ २’को मुख्य भुमिकामा सञ्जय दत्तलाई अफर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डिसेम्बर २१ तरिखबाट विश्वभरका सिनेमा घरमा रिलिज भएको कन्नड सिनेमा ‘केजीएफ’को पहिलो भर्सनले बक्स अफिसमा बम्पर ब्यापर गरेको थियो । कन्नड स्टारर यश अभिनित यो सिनेमालाई हिन्दी भर्सनमा पनि डब गरेर सार्वजनिक प्रदर्शन गरिएको थियो । बलिउड सिनेमाको तुलनामा थोरै पर्दामा रिलिज भए पनि यो सिनेमाले हिन्दी भर्सनमा समेत राम्रो कमाई रहेको थियो । बलिउड सिनेमाका बिजनेश ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘केजीएफ’ हिंन्दी डब भर्सनको हिट सिनेमा हो ।

बलिउड मिडियाका अनुसार प्रशान्त नीलको निर्देशनमा तयार भएको सिनेमा केजिएफको दोस्रो पार्टको निर्माण कार्यको थालनी अहिले धमाधम भैरहेको छ । सिनेमाको दोस्रो भाग बनाउने तयारी भइरहँदा ‘केजिएफ २’मा बलिउड अभिनेता सञ्जय दत्तको प्रमुख भूमिका रहने चर्चाले यतिबेला बलिउडमा तातेको छ ।

सिनेमाको निर्माण टिमले बलिउड अभिनेता सञ्जय दत्तलाई ‘केजिएफ’को दोस्रो भागमा इन्ट्री गराउने विषयमा छलफल सुरु गरिसकेका छन् । उनीहरु चाँडै नै सञ्जयसँग भेटेर सिनेमाको विषयमा कुराकानी गर्ने तयारीमा रहेका छन् । सिनेमाका निर्माताले सञ्जयलाई सिनेमामा खेलाउन सकेको खण्डमा हिंन्दी भर्सनको व्यापारमा थप कीर्तिमान बनाउने विश्वास लिएका छन् । जसको तयारी स्वरुप सञ्जय दत्तकै लागी भनेर सिनेमाको कथालाई थप मजबुत र उत्कृष्ट बनाउन निर्माण टिम लागी परेको छ ।