‘रणवीर’ गीतमा ‘ढुकुरान्चडी’ भन्दै सुपुष्पा फकाउँदै सुशिल (भिडियो)

‘रणवीर’ गीतमा ‘ढुकुरान्चडी’ भन्दै सुपुष्पा फकाउँदै सुशिल (भिडियो)

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘रणवीर’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ढुकुरान्चडी’ बोलको सुदुरपश्चिमको देउडा भाका समावेश गरिएको गीतमा मुख्य कलाकार सुशिल सिटौला र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । सुदुरपश्चिमका सुन्दर दृश्य समावेश गरिएको गीतमा सुशिलले सुपुष्पालाई फकाइरहेको देख्न सकिन्छ ।

सार्वजनिक गीतको ओर्जिनल भर्सन देउडा गायक नरेन्द्र राज रेग्मीको हो । भने यसको अमित श्रेष्ठले रिमेक गरेका हुन् । यो गीतमा अमित श्रेष्ठको संगीत, हर्क साउँद र अमित श्रेष्ठको शब्द तथा प्रताप दास, चक्र बम र सतिसको स्वर छ । गीतको भिडियोमा सुरेश वसेलको कोरियोग्राफी हेर्न पाइन्छ । सिनेमालाई गोविन्ल सिंह भण्डारीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो ।

प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा सुशिल र सुपुष्पाका अलवा प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भाट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘रणवीर’मा प्रेम, विछोड, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । सिनेमाको कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । ‘रणवीर’मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । औषत व्यापार गरिरहेको सिनेमाले दर्शक, सिनेमाकर्मी र मिडियाकर्मीबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।