कार्तिक, अनन्या र भुमी स्टारर ‘पती पत्नी और वो’को छायांकन सुरु

कार्तिक, अनन्या र भुमी स्टारर ‘पती पत्नी और वो’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ७० को दशकको बलिउडको सुपरहिट सिनेमा ‘पती पन्नी और वो’को रिमेकको छायांकन सुरु भएको छ । यो सिनेमाको रिमेकमा बलिउडका चक्लेटी ब्वाई कार्तिक आर्यन, भुमी पडनेकर र अनन्या पाण्डेको जोडी बाधिएको छ । यो सिनेमाको पुरानो भर्सनमा संजीव कुमार, विद्या सिंन्हा र रञ्जीताले रोमान्स अनस्क्रीन रोमान्स गरेका थिए ।

यो सिनेमामा कार्तिक आर्यन र भुमी पडनेकर श्रीमान श्रीमतीको भुमिकामा देखिने छन् । भने अनन्या पाण्डे कार्तिक आर्यनको प्रेमीकाको भुमिकामा देखिने छिन् । एक विवाहीत पुरुषको जीवनमा नयाँ युवतीको प्रवेशसँगै श्रीमान श्रीमती विच आउने उतार चढावको कथामा यो सिनेमा निर्माण हुनेछ । बलिउड मिडियाका अनुसार ‘पती पत्नी और वो’ले बहु विवाहको कथा भन्ने छ । सिनेमाको छायांकन सुरु भएको निर्माता भुषण कुमारले ट्वीट गरेर जानकारी दिएका छन् ।

यो सिनेमामा भुमी पडनेकरको भुमिकामा पहिले तपसी पन्नुलाई साइन गराइएको थियो । तर पछि कार्तिक आर्यनका कारणले तपसीले सिनेमा छोड्नु परेको खबर बलिउड मिडियाले प्रकाशन गरेका छन् । ‘पती पत्नी और वो’मा तपसीको ठाउँ भुमीलाई कार्तिक आर्यनले दिलाएको चर्चा यतीबेला बलिउड मिडियामा भैरहेको छ । खबर यो पनि छ की तपसी भएको खण्डमा आफु सिनेमा रिलिजको समयमा छायाँमा पर्ने डर कार्तिक आर्यनमा थियो । जुन कुरा उनले निर्माता भुषण कुमारलाई बताए । भुषणले कार्तिकको भने अनुसार सिनेमाबाट तपसीलाई हटाएर भुमी
पडनेकर लाई साइन गराए ।