‘गुप्त’को आइटम गीतमा सुष्माको ठुम्का (भिडियो)

‘गुप्त’को आइटम गीतमा सुष्माको ठुम्का (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘गुप्त’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमा प्रदर्शन मिति तय भइसकेको छैन् । ‘गुप्त’ निर्माण टिमले पहिलो चल प्रचार सामाग्री स्वरुप आइटम गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएकी छिन् । सिनेमाका केहि सस्पेन्स मोन्टाज सहितको भिडियोमा सुष्माको बोल्ड ठुम्का देख्न सकिन्छ ।

‘म आँख मारिदिन्छु’ बोलको गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । सिनेमालाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् ।

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको सिनेमालाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । सिनेमा ‘गुप्त’मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।