‘बुलबुल’को दोस्रो गीत ‘ज्याद्रै बस्यो दिल’ रिलिज (भिडियो)

‘बुलबुल’को दोस्रो गीत ‘ज्याद्रै बस्यो दिल’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा ‘बुलबुल’को गीत रिलिज गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजीत क्यान मेलामा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गर्दै सिनेमाको गीत सामाजिक संजाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक गीत ‘जाद्रै बस्यो दिल’ बोलको गीतमा मुख्य कलाकार स्वस्तिमा खड्का, लक्ष्मी गिरी र दिपक क्षेत्री समावेश चल अचल दृश्यलाई समावेश गरिएको छ ।

बिनोद पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमाको सार्वजनिक गीतमा मणिकला पौडेलको शब्द, उदय राज पौडेल र उद्गम परियारको संगीत रहेको गीतमा रजिना रिमालको स्वर समावेश गरिएको छ । गीतमा समावेश चल अचल दृश्यलाई सुसन प्रजापतीले छायांकन गरेका हुन् । ‘बुलबुल’का कार्यकारी निर्माता राजाराम दाहाल हुन् ।

सिनेमामा अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डे लगायतको लगानी रहेको छ । सिनेमामा मुकुन भुषाल, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्की लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माण टिमको भनाई रहेको छ ।

‘बुलबुल’को कथा, पटकथा तथा संवाद निर्देशक पौडेलले तयार गरेका हुन् । भने सिनेमाका गीतमा कोसिश श्रेत्री, उद्गम परियार र उदय राज पौडेलको संगीत, सुशन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अनिमेश सापकोटाको सम्पादन रहेको छ ।