‘जोकर’को गीत ‘दाया बाया’मा महादेव र सिम्पलको ठुम्का (भिडियो)

‘जोकर’को गीत ‘दाया बाया’मा महादेव र सिम्पलको ठुम्का (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा ‘जादुगर २ जोकर’को शनिबार काडमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । सिनेमाको बोरमा दर्शकलाई जानकारी दिनुका साथै सिनेमामा समावेश एक गीत रिलिजको लागी आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको सिनेमाका वितरक करण श्रेष्ठ क्रेजीले बताए ।

सिनेमाको शनिबार सार्वजनिक गीत ‘दाया बाया…..’ बोलको गीतमा मुख्य कलाकार महादेव त्रिपाठी र सिम्पल खरेललाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर समावेश गरिएको छ । उक्त गीतमा सोम लामाको कोरियोग्राफी रहेको छ ।

याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई जादुगर तथा कलाकार महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । जादुगर को सिक्वेल हो जादुगर २ जोकर । यो सिनेमा आफुले विश्वकै होचा कलाकार स्वर्गीय दिपेन शाहका लागी निर्माण गरेको बताए । सिनेमामा गणेश श्रेष्ठ, कुमार सिलवाल र कर्ण बहादुर तामाङको लगानी रहेको छ ।

सिनेमामा स्वर्गीय दिपेन शाहका अलवा महादेव त्रिपाठी, रिहान राज गिरी, संगीता लामा, लक्ष्मी श्रेष्ठ, पुजा परियार सिम्पल खरेल, शिव शंकर रिजाल, सुरेन्द्र केसी, रेशम फिरिरि, अञ्जु थापा, सरु धिमाल, विनोद राई, बिनोद लामा, बिनोद अधिकारी, राजेन्द्र गिरी, राजिव धमाला लगायतका कलाकारको अधिनय रहेको छ । भने सिनेमामा नवराज श्रेष्ठको विषेश भुमिका रहेको छ ।

सिनेमामा बिषेश पन्तको कथा, पटकथा तथा संवाद, मधुर बस्नेतको छायांकन, सम्राट बस्नेतको द्धन्द्व, शिव विक, दिपक मदन सिंह र सोम लामाको कोरियोग्राफी, सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री र धुव्र विश्कोको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको छ ।