‘क्याप्टेन’को रेकर्ड ब्रेक ट्रेलर : युट्युबमा २४ घण्टामा ८ लाख बढि भ्युज

‘क्याप्टेन’को रेकर्ड ब्रेक ट्रेलर : युट्युबमा २४ घण्टामा ८ लाख बढि भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार एक कार्यक्रमका बिच फाल्गुन १७ गते रिलिज हुने सिनेमा ‘क्याप्टेन’को सार्वजनिक ट्रेलरले २४ घण्टामा नयाँ रेकर्ड कायम गरेको छ । ट्रेलर सार्वजनिक भएको दुई घण्टा नपुग्दै एक लाख तीस हजार बढी भ्युज बटुल्न सफल भएको सिनेमाको ट्रेलरले २४ घण्टामा करिब आठ लाख दश हजार बढि दर्शकको साथ पाएको छ । सुपरस्टार अनमोल केसी अभिनीत ‘क्याप्टेन’ले अहिलेसम्मका सम्पुर्ण नेपाली सिनेमाका ट्रेलरले २४ घण्टामा पाउने भ्युजमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’को ट्रेलरमा अहिलेसम्म करिब ४२ हजार लाईक र सात हजार बराबर कमेन्ट मिलेको छ । सिनेमाको ट्रेलरमा अधिकांश दर्शकले कमेन्टमा अनमोल केसी र क्याप्टेको प्रसंशामा शब्द खर्चिएका छन् । ट्रेलर हेरेका अधिकांश दर्शलले पहिलो पटक नेपालमा फुटबलको कथामा निर्माण भएको सिनेमाले ब्यापारमा नयाँ इतिहाँस रच्ने बताएका छन् ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको सिनेमालाई सदाबहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् । सामिप्यराज तिमिल्सेनाको कथा रहेको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा अनमोल केसीका अलवा डेब्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एनभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, सुर्यमाला खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘क्याप्टेन’मा अर्जुन पोखरेलको संगीत, सुदिप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, रामेश्वर श्रेष्ठ र राजन महर्जनको भिएफएक्स, साहील खानको ट्रेलर मेकिङ्ग, कविराज गहतराजको कोरियोग्राफी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।