‘क्याप्टेन’ले देशको स्वाभिमान र गौरवको कथा उठाएको छ : अनमोल केसी

‘क्याप्टेन’ले देशको स्वाभिमान र गौरवको कथा उठाएको छ : अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अभिनेता अनमोल केसीले अभिनय गरेको सिनेमा ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरियो । सिनेमाको ट्रेलर सार्वजनिक गरेको दुई घण्टा पनि नबित्दै एक लाख माथी दर्शकको साथ पाएर नयाँ रेर्कड कायम गरेको छ । यस्तै सिनेमाको ट्रेलर रिलिज कार्यक्रमका बोल्दै अभिनेता केसीले भारतले नेपाललाई हेपेको बताएका छन् । आज आयोजित सिनेमाको ‘क्याप्टेन’को कार्यक्रममा अनमोलले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको भन्दै आफ्नो टिमले निर्माण गरेको सिनेमा ‘क्याप्टेन’ले नेपालको स्वाभिमान र गौरवको कथा भन्ने सुनाए ।’

अभिनेता अनमोलका अनुसार, –‘सम्पुर्ण नेपालीमा एकरुपता हुनुपर्ने र देशका लागि कुनै न कुनै बाटोबाट योगदान गर्नुपर्छ भन्ने कथामा ‘क्याप्टेन’ बनेको बताए । सिनेमामा काम गर्दा आफुले निकै दुख पाएको अनुभब अनमोलसँग छ ।’ अनमोललाई विश्वमै मनपर्ने खेलाडी अर्जेन्टिनाका ‘मेस्सी’ रहेको आयोजी पत्रकार सम्मेलनमा खुलाए । मैले ‘क्याप्टेन’ निर्माणको लागि अभ्यास गर्ने समय भन्दा पहिले कहिल्यै पनि फुटबल नखेलेको भएता पनि फुटबलको बारेमा जानकारी भने सधैँ लिने गरेको अनमोलको भनाई थियो ।

यस्तै, नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले आफूहरुको नयाँ सिनेमा भएतापनि निकै मिहिनेत गरेर शतप्रतिशत काम दिन खोजेको सुनाए । सिनेमाका निर्माता भूवन केसीले पत्रकार सम्मेलनमा भने–‘यो सिनेमाले बम्पर ब्यापार गरेतापनि आफुले क्याप्टेनको सिक्वेल निर्माण गर्न नसक्ने बताए । किनकी, यो स्र्पोट जनरामा निर्माण भएको सिनेमा हो । यस्तो जनरामा सिनेमा निर्माण गर्न निकै गाह्रो रहेको अनुभब भुवनसँग छ । सिनेमाले फुटबल खेलकोे माध्यमबाट राष्ट्रियताको कथालाई उठान गरेको छ ।’

सिनेमाका लेखक, निर्देशक दिवाकर भट्टराइले राम्रो कथामा उत्कृष्ट सिनेमा बनाउन आफू र आफ्नो टिम कुनैपनि ठाँउमा नचुकेको सुनाए ।