क्याप्टेन ट्रेलर : यस्तो देखियो अनमोलको फुटबलर लुक्स

क्याप्टेन ट्रेलर : यस्तो देखियो अनमोलको फुटबलर लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार नायक अनमोल केसी अभिनीत नयाँ सिनेमा ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सिनेमा निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि क्याप्टेनको ट्रेलर सार्वजनिक गरिएहो हो । यो सिनेमा अभिनेता अनमोल केसी पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत हुँदैछन् । यही सिनेमाबाट अनमोलको जोडी बनेर दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीले सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा सदाबहार अभिनेता भुवन केसीको लगानी रहेको छ । सिनेमा आगामी फाल्गुन १७ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुँदैछ । अभिनेता भुवन केसीले ‘क्याप्टेन’ आफ्नो ड्रिम प्रोजेक्ट भएकाले पनि यसको निर्माणमा कुनै कमी कमजोरी नछोडेको बताए । अभिनेता भुवन केसीले सिनेमालाई हरेक वर्गका दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ ।