‘यात्रा’ टिजर : सलिनमान र मल्लिकाको प्रेममा सलोन भिलेन ?

‘यात्रा’ टिजर : सलिनमान र मल्लिकाको प्रेममा सलोन भिलेन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘यात्रा’को टिजर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको टिजर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक टिजरमा मुख्य कलाकार सलिनमान बनियाँ र मल्लिका महतले बोलेका प्रेमिल संवादहरुले दर्शकलको मन जित्ने अपेक्षा निर्माण टिमलाई रहेको छ ।

यो सिनेमामा सलिनमान बनियाँ र मल्लिका महतका अलवा सलोन बस्नेत, रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ए मेरो हजुर २ रिलिज भएको लामो समय पश्चात सलिनमान बनियाँले अभिनय गरेको सिनेमा यात्राको टिजर सार्वजनिक गरिएको हो । भने यही सिनेमाबाट नयाँ नायिका मल्लिका महत्तले सिनेमा क्षेत्रमा डेब्यु गर्दैछिन् ।

सिनेमाको टिजरमा सलिन र मल्लिकाको प्रेमलाई प्रस्तुत गरिएको छ । भने सार्वजनिक टिजरमा अभिनेता सलोन बस्नेतलाई नेगेटिभ क्यारेक्टरमा देखाइएको छ । सिनेमाको कथा, पटकथा तथा निर्देशन सम्राट शाक्यको छ । सम्राटले यसै सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमामा सुशिल पोख्रेलको लगानी छ । विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना सह–निर्माता रहेको सिनेमामा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् । केशव भट्टराइको प्रस्तुतीमा यो सिनेमा निर्माण भएको हो ।

संजय लामाको छायांकन रहेको सिनेमाका गीतमा प्रविन सिंहको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहेको सिनेमाको निर्माणको लागि निमार्ण टिमले लामो समय लागाएको छ । सिनेमाको सार्वजनिक टिजरलाई निकै कलरफूल बनाइएको छ ।